भजनसंग्रह - अध्याय 58

123456789101112131415161718192021222324252627282930313233343536373839404142434445464748495051525354555657585960616263646566676869707172737475767778798081828384858687888990919293949596979899100101102103104105106107108109110111112113114115116117118119120121122123124125126127128129130131132133134135136137138139140141142143144145146147148149150
← अघिल्लो अर्को →
1 हे न्यायकर्त्ताहरू, तिमीहरूको निर्णयमा पक्षपात रहित छैनौ। तिमीहरूले मानिसहरूलाई उचित न्याय दिएकै छैनौ।
2 होइन, तिमीहरू दुष्ट्‌याँई कामहरू गर्नलाई मात्र सोच्दछौ। तिमीहरू घोर अपराधहरू मात्र यस भूमिमा गर्दछौ।
3 ती दुष्टहरूले जन्मने बित्तिकै गल्ती कार्यहरू गर्न जान्दछ। तिनीहरू जन्मैदेखि झूटो बोल्न थाल्दछन्।
4 तिनीहरूको क्रोध सर्पको विषजस्तै डरलाग्दो छ। साँबे सर्प जस्तै तिनीहरूले सुन्न सक्तैनन् अनि तिनीहरूले सत्य कुरा सुन्न अस्वीकार गर्छन्।
5 साबे सर्पले सम्मोहन गर्ने गीतहरू सुन्न सक्तैन। अनि ती पापीहरू त्यस्तै प्रकारले दुष्ट योजनाहरू तयार गरिरहेका हुन्छन्।
6 हे परमप्रभु, ती मानिसहरू सिंहहरू जस्ता हुन्छन् यसैले परमप्रभु, तिनीहरूका दाँतहरू भाँची दिनुहोस्।
7 तिनीहरू नालीका पानी जस्तै सुकेर बिलाउँदै जाऊन्। तिनीहरू बाटोमा कुल्चिइने जंगली झारहरू झैं होऊन।
8 तिनीहरू घस्रँदा-घस्रँदै विलाई जाने चिप्ले कीरा जस्तै होऊन्। तिनीहरूले जन्मनु अघि नै मरेको शिशु जस्तो कहिल्यै दिनको उज्यालो देख्न नपाऊन।
9 तिनीहरू तातो भाँडामा जलेर चाँडै खरानी हुने, काँडाहरू जस्तै चाँडो भन्दा चाँडो विनाश होउन्।
10 जब दुष्ट मानिसले सजाय पाएको देख्छ तब धार्मिक मानिस खुशी हुन्छ। उ सबै शत्रुहरूलाई परास्त गर्ने सिपाही जस्तो हुनेछ।
11 तब मानिसहरूले भन्ने छन्, “निश्चयनै धार्मिक मानिसहरू पुरस्कृत हुनेछन, परमेश्वरले निश्चयनै संसारमा न्याय गर्नुभयो!
← अनुक्रमणिकामा फर्कनुहोस्