भजनसंग्रह - अध्याय 101

123456789101112131415161718192021222324252627282930313233343536373839404142434445464748495051525354555657585960616263646566676869707172737475767778798081828384858687888990919293949596979899100101102103104105106107108109110111112113114115116117118119120121122123124125126127128129130131132133134135136137138139140141142143144145146147148149150
← अघिल्लो अर्को →
1 म प्रेम र निष्पक्ष न्यायको गीत गाउनेछु। परमप्रभु, म तपाईंको निम्ति गाउने छु।
2 म सतर्कतासाथ शुद्ध जीवन जिउनेछु। म मेरो घरमा शुद्ध प्रकारले जिउनेछु। परमप्रभु तपाईं मकहाँ कहिले आउनुहुनेछ?
3 म आफू समक्ष कुनै मूर्तिहरू राख्ने छैन, म त्यस मानिसलाई घृणा गर्नेछु जो तपाईंको विरूद्ध जाँन्छ। म त्यस्तो गर्नेछैन!
4 म ईमान्दार हुनेछु। म दुष्टपूर्ण कामहरू गर्नेछैन।
5 यदि कसैले उसको छिमेकिहरू बारे गुप्त भावमा नराम्रा कुराहरू गर्दछ भने, म त्यस मानिसलाई रोक्छु। आफूलाई घमण्ड गर्दै र अरू भन्दा म श्रेष्ठ छु भनेर सोच्नेहरूलाई म अनुमति दिनेछैन।
6 म मानिसहरूलाई संसारभरि नै हेर्नेछु जसमाथि भरोसा गर्न सकिन्छ अनि तिनीहरूलाई मात्र मेरो सेवा गर्न दिन लाउने छु। खाली त्यस्ता मानिसहरू मात्र मेरो दासहरू हुन सक्छन् जो शुद्ध जिउँदछ।
7 म मेरो घरमा झूटाहरू बस्न दिने छैन। म झूट बोल्नेहरूलाई आफू नजिक बस्न दिने छैन।
8 यस देशमा बसिरहेका दुष्ट मानिसहरूलाई सँधै नाश गर्नेछु। परमेश्वरको शहर जानलाई म ती सब दुष्टहरूलाई वाध्य पार्नेछु।
← अनुक्रमणिकामा फर्कनुहोस्