भजनसंग्रह - अध्याय 4

123456789101112131415161718192021222324252627282930313233343536373839404142434445464748495051525354555657585960616263646566676869707172737475767778798081828384858687888990919293949596979899100101102103104105106107108109110111112113114115116117118119120121122123124125126127128129130131132133134135136137138139140141142143144145146147148149150
← अघिल्लो अर्को →
1 हे मेरो धार्मिक परमेश्वर, जब म प्रार्थना गर्दछु मलाई जवाफ दिनुहोस्। मेरो प्रार्थना सुन्नुहोस् र ममाथि कृपा राख्नु होस्! मेरो सम्पूर्ण कष्टहरूदेखि मलाई मुक्ति दिनुहोस्!
2 हे मानिसहरू हो! मेरो विषयमा कहिलेसम्म दुष्ट कुराहरू गरिरहन्छौ? मेरो विषयमा तिमीहरूले फेरि नयाँ झूटा कुराहरू खोजिरहेका छौ। त्यस्ता झूटा कुराहरू भन्न गर्न तिमीहरू मन पराउँछौ।
3 तिमीहरूलाई थाहा छ परमप्रभुले आफ्ना धार्मिक मानिसहरूको कुरा सुन्नु हुन्छ। यसकारण जब म प्रार्थना गर्दछु उहाँले सुन्नु हुन्छ।
4 यदि तिमीहरूलाई केही कुराले विरक्त पार्दा रीस उठ्न सक्छ, तर पाप चाँहि नगर। जब तिमी सुत्न जान्छौ तब ती कुराहरू सोच र निदाऊ।
5 परमप्रभुलाई पवित्र बलिदानहरू चढाऊ, र उहाँमा भरोसा राख।
6 धेरै मानिसहरूले भन्छन्, “हामीलाई कसले परमेश्वरको भलाई देखाऊला? हे परमप्रभु, तपाईंको प्रज्वलित अनुहार हामीलाई देखाउनु होस्!”
7 हे परमप्रभु, तपाईंले मलाई खुशी बनाउनु भयो। तपाईंले मलाई अन्न बाली काट्ने उत्सव भन्दा पनि ज्यादा खुशी दिनु भयो। जब हामीसंग प्रचुर मात्रमा अन्न र दाखरसहरू थिए।
8 म ओछ्यानमा जान्छु र मस्तसँग निदाउँछु। किन? किनभने, परमप्रभुले मलाई सुरक्षित निदाउन दिनुहुन्छ।
← अनुक्रमणिकामा फर्कनुहोस्