भजनसंग्रह - अध्याय 142

123456789101112131415161718192021222324252627282930313233343536373839404142434445464748495051525354555657585960616263646566676869707172737475767778798081828384858687888990919293949596979899100101102103104105106107108109110111112113114115116117118119120121122123124125126127128129130131132133134135136137138139140141142143144145146147148149150
← अघिल्लो अर्को →
1 म परमप्रभुलाई मेरो सहयोगको लागि पुर्कादछु। म परमप्रभुलाई पुर्कादछु।
2 म आफ्ना समस्याहरू परमप्रभुलाई भन्नेछु! म आफ्ना संकष्टहरू परमप्रभुलाई भन्नेछु।
3 मेरो शत्रुहरूले मेरो लागि पासोहरू थापे। म त्याग्न तयार छु। तर परमप्रभुले मप्रति के हुन भन्ने कुरा जान्नुहुन्छ।
4 मैले वरिपरि हेरें, अनि म मेरो कुनै पनि साथीहरूलाई हेर्दै हेर्दिन। मेरो भाग्ने ठाउँ कतै छैन। कसैले पनि मलाई बचाउने प्रयास गर्दैन।
5 यसैले म परमप्रभुको साथ पाउनलाई रोइ-कराई गर्दछु। हे परमप्रभु, तपाईं मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ। परमप्रभु, तपाईं मलाई अनवरत बाँच्न दिनुहोस्।
6 परमप्रभु, मेरो प्रार्थना सुनिदिनु होस्, मलाई तपाईंको अति खाँचो छ। मलाई खेदूने ती मानिसहरूबाट बचाउनुहोस्, तिनीहरू मभन्दा पनि बलिया छन्।
7 मलाई यस फन्दाबाट छुटकारा पाउनलाई सहायता दिनुहोस ता कि म तपाईंको नाउँको प्रशंसा गर्न सकूँ अनि धर्मी मानिसहरू मसँग मिलेर उत्सव मनाउने छन्। किनभने तपाईंले मलाई हेरचाह गर्नुहुन्छ।
← अनुक्रमणिकामा फर्कनुहोस्