भजनसंग्रह - अध्याय 149

123456789101112131415161718192021222324252627282930313233343536373839404142434445464748495051525354555657585960616263646566676869707172737475767778798081828384858687888990919293949596979899100101102103104105106107108109110111112113114115116117118119120121122123124125126127128129130131132133134135136137138139140141142143144145146147148149150
← अघिल्लो अर्को →
1 परमप्रभुको प्रशंसा गर। परमप्रभुले रच्नु भएको नयाँ कुराहरूको बारेमा नयाँ गीत गाऊ! महासभामा उहाँको प्रशंसा गर जहाँ उहाँका चेलाहरू आपसमा भेला हुँदछन्।
2 इस्राएल का मानिसहरूले आफ्नो सृष्टिकर्त्तामा आनन्द होऊन्। सियोनका मानिसहरू आफ्ना राजा सहित प्रफुल्लित होऊन्।
3 ती मानिसहरूले नाच्दै खैंजडी र वीणाहरू बजाँउदै परमप्रभु परमेश्वरको प्रशंसा गरून्।
4 परमप्रभु उहाँका मानिसहरूसँग खुशी हुनुहुन्छ। परमेश्वरले आफ्ना नम्रहरूको लागि आश्चर्यजनक कामहरू गर्नुभयो। उहाँले तिनीहरूलाई बचाउनु भयो!
5 हे परमेश्वरका चेलाहरू, आफ्नो विजयमा प्रफुल्लित होऊ! सुत्न गइसके पश्चात् पनि सुखी होऊ।
6 मानिसहरूले चिच्याउँदै, कराउँदै परमप्रभुको प्रशंसा गरून् अनि आफ्ना तरवारहरू हातमा लिऊन्।
7 आफ्ना शत्रुहरूलाई सजाई दिन तिनीहरूलाई जान देऊ। ती मानिसहरूलाई दण्ड दिन, तिनीहरूलाई जान देऊ।
8 परमेश्वरका मानिसहरूले ती राजा र प्रमुख मानिसहरूलाई साङ्गलाले बाँध्नेछन्।
9 परमेश्वरका मानिसहरूले तिनीहरूलाई दण्ड दिनेछन् परमेश्वरले गर्नु भएको आज्ञा जस्तै परमेश्वरका सारा भक्तजनहरूले उहाँलाई सम्मान गर। परमप्रभुको प्रशंसा गर!
← अनुक्रमणिकामा फर्कनुहोस्