भजनसंग्रह - अध्याय 113

123456789101112131415161718192021222324252627282930313233343536373839404142434445464748495051525354555657585960616263646566676869707172737475767778798081828384858687888990919293949596979899100101102103104105106107108109110111112113114115116117118119120121122123124125126127128129130131132133134135136137138139140141142143144145146147148149150
← अघिल्लो अर्को →
1 परमप्रभुको प्रशंसा गर! परमप्रभुका दासहरू उहाँको प्रशंसा गर! परमप्रभुको नाउँको प्रशंसा गर।
2 परमप्रभुको नाउँ अहिले र सदा-सर्वदालाई धन्य बनी रहोस्।
3 परमप्रभुको नाउँको प्रशंसा पूर्वमा सूर्य उदय हुने ठाउँदेखि पश्चिममा सूर्य अस्ताउने ठाँउ सम्म भइरहोस्।
4 परमप्रभु सबै जातिहरूभन्दा उच्च हुनुहुन्छ। उहाँको महिमा स्वर्गमाथि सम्म जान्छ।
5 कुनै मानिस पनि हाम्रो परमप्रभु परमेश्वर जस्तो छैन। परमेश्वरमाथि स्वर्गमा बस्नु हुन्छ।
6 परमेश्वर हामी भन्दा नित्तान्त माथि हुनुहुन्छ। उहाँले आकाश र पृथ्वी देख्न तल हेर्नुपर्छ।
7 परमेश्वरले हीन अवस्थाबाट गरीबहरूलाई माथि उठाउनु भयो। परमेश्वरले भिखारीहरूलाई मैला फ्याँक्ने ढवाङ्गबाट निकाल्नु भयो।
8 अनि परमेश्वरले ती मानिसहरूलाई मुल्यवान बनाउनु भयो। परमेश्वरले तिनीहरूलाई महत्वपूर्ण नेताहरू बनाउनु भयो।
9 एउटी स्त्रीको नानीहरू नहुन सक्लान तर परमेश्वरले तिनलाई छोरा-छोरीहरू दिएर सुखी तुल्याउनु हुनेछ! परमप्रभुको प्रशंसा गर!
← अनुक्रमणिकामा फर्कनुहोस्