भजनसंग्रह - अध्याय 57

123456789101112131415161718192021222324252627282930313233343536373839404142434445464748495051525354555657585960616263646566676869707172737475767778798081828384858687888990919293949596979899100101102103104105106107108109110111112113114115116117118119120121122123124125126127128129130131132133134135136137138139140141142143144145146147148149150
← अघिल्लो अर्को →
1 हे परमेश्वर, मप्रति कृपालु हुनु होस्। दयावान हुनुहोस् किनभने म तपाईंको शरणमा आएकोछु। जबसम्म कष्ट हराँउदैन म तपाईंको संरक्षणमा छु।
2 म सर्वोच्च परमेश्वरलाई उहाँको सहयोगको निम्ति प्रार्थना गर्दछु अनि परमेश्वरले पूर्णतः मेरो हेरचाह गर्नुहुन्छ!
3 स्वर्गबाट उहाँले मलाई साथ दिनुहुन्छ र बचाउँनु हुन्छ। उहाँले मलाई सताउने मानिसहरूलाई परास्त गर्नुहुन्छ। परमेश्वरले मप्रति आफ्नो स्नेहपूर्ण करूणा प्रकट गर्नुहुनेछ।
4 मेरो प्राण विपदमा छ। मेरा शत्रुहरू चारैतिर छन्। तिनीहरू तीखा भालाहरू र काँडाहरू जस्ता दाँत अनि तरवार जस्तो धारिलो जिब्रो लिएर मानिसहरूलाई सिंहहरू जस्तो गर्जनछन्।
5 परमेश्वर, तपाईं स्वर्गभन्दा पनि उच्च हुनुहुन्छ। तपाईंको महिमा पृथ्वी ढाकिएर फैलिन्छ।
6 मेरा शत्रुहरूले मलाई पासोमा पार्ने चेष्टा गरिरहेका थिए। तिनीहरूले मलाई फन्दामा पार्न चेष्टा गरिरहेका छन्।
7 हे परमेश्वर, म तपाईंमा भरोसा राख्छु, जे हुन्छ त्यसको निम्ति म तयार छु। म गाउनेछु अनि तपाईंको प्रशंसाको निम्ति बाजा बजाउँछु।
8 हे मेरो प्राण जाग! वीणा र सितार घन्काएर संगीत प्रारम्भ गर! प्रभात फेरि लगाऊ।
9 हे मेरा स्वामी, म सबैको अघि तपाईंको प्रशंसा गर्छु। प्रत्येक जाति समक्ष तपाईंको विषयमा म स्तुति-गान गर्छु।
10 तपाईंको स्नेहपूर्ण करूणा आकाश माथि-माथि भएको बादलहरूको उचाई भन्दा उच्च छ।
11 हे परमेश्वर तपाईं स्वर्गभन्दा पनि सर्बोउच्च हुनुहोस्। उहाँको महिमाले सारा पृथ्वीलाई ढाक्नदेऊ।
← अनुक्रमणिकामा फर्कनुहोस्