भजनसंग्रह - अध्याय 129

123456789101112131415161718192021222324252627282930313233343536373839404142434445464748495051525354555657585960616263646566676869707172737475767778798081828384858687888990919293949596979899100101102103104105106107108109110111112113114115116117118119120121122123124125126127128129130131132133134135136137138139140141142143144145146147148149150
← अघिल्लो अर्को →
1 मेरो जीवनकालमा प्रशस्त शत्रुहरू छँदै थिए। इस्राएल ती शत्रुहरूको बारेमा हामीलाई बताऊ।
2 मेरो जीवनकालमा प्रशस्त शत्रुहरू छँदै थिए तर तिनीहरूले कहिल्यै जितेनन्।
3 तिनीहरूले मेरो ढाडमा गहिरो चोट नपरूञ्जेल सम्म मलाई कुटे। धेरै समय सम्म मेरो गहिरो घाउ थियो।
4 तर असल परमप्रभुले डोरीहरू काटीदिनु भयो अनि ती दुष्टहरूबाट मलाई छुटकारा दिनुभयो।
5 मानिसहरू जसले सियोनलाई घृणा गर्छन्, तिनीहरू परास्त होऊन्। तिनीहरू लडाइँ गर्न छाडेर भागुन्।
6 ती मानिसहरू छानामा भएको घाँसहरू जस्ता थिए। ती घाँसहरू बढ्ने अगावै ओइलएर गए।
7 काम गर्ने मानिसले एकमुट्ठी घाँस त्यहाँबाट पाउन सक्तैन। एक थुप्रो अन्नको निम्ति पनि प्रशस्त हुँदैन।
8 तिनीहरूको नजिकैबाट गइरहेको मानिसहरूले यसो भन्ने छैनन् “परमप्रभुको आशीर्वाद तिमीहरूमा रहोस्।” मानिसहरूले तिनीहरूलाई स्वागत गर्ने छैनन् र भन्ने छैनन्, “हामी तिमीहरूलाई परमप्रभुको नाउँमा आशीर्वाद दिनेछौं।”
← अनुक्रमणिकामा फर्कनुहोस्